Monday, 22 January 2018 08:10 am, Nepal

समानुपातिकको अन्तिम मत परिणाम पछि सरकार गठन प्रक्रियामा अघि बढ्ने

मेचीकाली : 2017-12-17 08:44:10


काठमाडौं, २ पुस  :

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले समानुपातिकको अन्तिम मत परिणाम आइसकेपछि सरकार गठन प्रक्रियामा अघि बढ्ने बताउनुभएको छ । उहाँले एमाले र माओवादी केन्द्रका बिचमा छलफल गरेर  सरकार गठन प्रक्रियामा अघि बढ्ने बताउनुभयो ।

उपाध्यक्ष रावलले दुई पार्टी बिचमा कसरी अघि बढ्ने भन्ने बाटो तय भइसकेपछि मात्र अरु पार्टी र पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । एमाले र माओवादी केन्द्र एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ अघि बढेकाले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख बाँडफाँडको बिषयमा दुई पार्टीबिचको निष्कर्ष पछि निक्र्याैल हुने बताउनुभयो । यस्तै पार्टी र सरकारको भूमिका पनि दुई पार्टीका प्रमुख मध्ये कसलाई दिने भन्नेबारे अहिले केही छलफल नभएको उहाँको भनाई छ । यस्तै प्रदेश सभामा पनि सहमतिका साथ अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय सभा सम्बन्धी अध्यादेशको धारणा गलत भएको ज्ञवालीको टिप्पणी

नेकपा एमालेमा सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याउनुभएको राष्ट्रिय सभा सम्बन्धी अध्यादेशको धारणा नै गलत भएको टिप्पणी गर्नुभएको छ । उहाँले संसद अन्त्य भइसकेपछि संविधानमा नभएकै कुरा ल्याएर अध्यादेश गलत ढंगले ल्याएको टिप्पणी गर्नुभएको हो । संविधानले प्रत्यक्ष र समानुपातिक गरी २ वटा निर्वाचन प्रणालीलाई मात्र स्विकार गरेको भन्दै उहाँले त्यो बाहेक अरु कुनै निर्वाचन प्रणालीको संविधानले परिकल्पना नगरेको दावि गर्नुभयो । सचिव ज्ञवालीले प्रधानमन्त्री देउवाले गलत अध्यायदेश जारी गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीलाई दवाव दिइरहेको बताउनुभयो । उहाँले जनताले नेपाली कांग्रेसलाई अस्विकार गरेपनि प्रधानमन्त्रीले बिभिन्न बहानामा सत्ता टिकाउन खोजिरहेको आरोप लगाउनुभयो । प्रधानमन्त्री चयनका लागि राष्ट्रिय सभा जरुरी नभएकाले प्रतिनिधि सभा नै काफी रहेकाले सरकार गठनमा ढिलाई नगर्न सचिव ज्ञवालीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु