Monday, 22 January 2018 08:13 am, Nepal

सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’

मेचीकाली : 2017-12-16 13:55:26


जुम्ला, १ पुस :

जुम्ला प्रदेश (क) का नवनिर्वाचित सभासद् नरेश भण्डारीले प्रदेश नं ६ को सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’को परिकल्पना गरिएको बताउनुभएको छ ।पत्रकारसँग शुक्रबार बेलुका भएको भेटघाट कार्यक्रममा सभासद् भण्डारीले ‘शासकीय सोचका कारण उत्पीडिनमा परेको कर्णाली’लाई विकासको मूलप्रवाहमा ल्याउन ६ नं प्रदेशमा ग्रीष्मकालीन र शीतकालीन राजधानीको परिकल्पना अघि सारिएको बताउँदै भन्नुभयो, “संघीयताको भ्रुण कर्णालीमा नै थियो ।

 कर्णाली खस सभ्यताको उद्गमस्थल पनि हो । भूस्वर्ग राराताल, फोक्सुण्डो, खर्बौं डलर बोकेर हिँडिरहेको नेपालको सबैभन्दा लामो नदी कर्णाली, यार्साजस्ता विश्वका सर्वाधिक महंगा जडीबुटी पाइने यो प्रदेश सम्भावनाको क्षेत्र हो ।”दक्षिण भारतसँग नजोडिएको यो प्रदेशलाई उत्तरी चीनसँग जोड्न हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मोरङ्लो नाका खोलिने उहाँको भनाइ छ । छ नं प्रदेश जन्माउनुमा कर्णालीका शहीद हरिबहादुर कुँवरको प्रमुख भूमिका छ भन्दै उहाँले उनको सपना पूरा गरिने वचन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु