Monday, 18 December 2017 03:00 am, Nepal

मतदाता झुक्याउन झुटको खेती गर्दै पुर्वसांसद वादे

मेचीकाली : 2017-11-23 09:51:37


-गाउँमा खसी र राँगा बाँडेर भोट किनिँदै
काभ्रे, ७ मंसिर :

बाम गठवन्धनका उम्मेदवारहरु प्रति मतदाताहरुको उभार बढेपछि जसरी पनि मतदाताहरुलाई प्रभावित बनाउन उम्मेदवारहरुले विभिन्न स्किम सार्वजनिक गरेका छन् । निर्वाचन आचार संहिता विपरित निर्वतमान सांसद कञ्चनचन्द्र बादेले संविधान सभा सदस्यको हैसियतमा ३ करोडका योजना वितरण गरेका छन् ।

 असोज २८ गते म्याद सकिएर डेट स्पायर भएका सांसद बादेले कार्तिक ११ गते जिल्ला समन्वय समितिमा पेश गरेका योजना भन्दै कार्यकर्ता मार्फत मतदाता प्रभावित पार्ने योजना सार्वजनिक गरेका छन् । जबकी सांसदको हैसियतमा वितरण गर्ने योजनाहरु असोज मसान्तसम्म पेश गरिसक्नु पर्ने र त्यसलाई पनि निर्वाचन आयोगले रोक लगाईसकेको अवस्था छ । भुकम्पको बेला विद्यालयमा टिएल्सी निर्माणका नाममा करोडौ रकम घोटाला गरेका बादेले पदमा रहुञ्जेल परिवारबादबाट बाहिर निस्कन नसकेर म्याद सकिएपछि योजना वितरण गरेको नौटंकी र झुटको पुलिन्दा सार्वजनिक गरेका हुन् । एमालेका युवा नेता गोकुल बास्कोटाको लोकप्रियता र प्रभावबाट आत्तिएर बास्कोटालाई वाक ओभर दिई प्रदेश तिर झरेका बादेका कर्तुतहरुको फेहरिस्त मतदाताहरुले घर घर लिएर राखेका छन् । उता नेपाली कांग्रेसका उम्मेदवारहरुले कोशिपारी र डाँडापारी क्षेत्रमा खसि वितरण गरेका छन् । मतदाता प्रभावित गर्ने गरी कतै राँगा त कतै खसि वितरण गरेको स्थानीयहरुले बताएका छन् ।

    पुर्व भैसकका माननिय बादे यतिखेर उधारो योजना त्यो पनि सासदकै हैसियतमा लेटरप्याडमा मात्रै वितरण गर्दै हिड्न थालेका छन । असोज मसान्तसम्म पेश गर्नु पर्ने योजना कार्तिकको पहिलो सातासम्म नबुझाई चुनाव कुरेर बस्ने माननियको योजनालाई निर्वाचन आयोगले ब्रेक लगाएको होस नै रहेनछ । फेरी उनी पुर्व हो एक्लै रकम बाँड्न उनको हैसियत पनि छैन ? त्यो पनि संसद विकास कोषको रकम हो ? कार्तिक ११ गते पनि संविधान सभा सदस्य रहेकै जस्तो गरी विगतका गल्ति कमजोरी लुकाउन चुनावको मुखमा भ्रम पार्ने गरी आचार संहिता विपरित गरिएका कामहरुका बारेमा नागरिकहरुले प्रश्न उठाएका छन् ।  बाम गठवन्धनका उम्मेदवाहरु गोकुल बास्कोटा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, गंगाबहादुर दोङ्ग, रत्न ढकाल र चन्द्र लामा प्रतिको उभारलाई कुनै न कुनै ढंगबाट रोक्न नेपाली कांग्र्रेसका उम्मेदवारहरुले योजना बनाईरहेका छन् । बाम गठवन्धनका उम्मेदवार जिताउन १३ वटा स्थानीय तहका १ सय ३५ वडामै निर्वाचन परिचालन कमिटी निर्माण गरी संयुक्त कार्यालय मार्फत घर दैलो अभियान शुरु भईरहेको छ । स्थानीय तहमा बाम गठवन्धनका उम्मेदवारहरु झण्डै २५ हजार मतले अगाडी छन् । यो विचमा केहि मतदाता थपिएका र अन्य पार्टीबाट समेत कार्यकर्ताहरु गठवन्धनमा प्रवेश गरेकाले गठवन्धन तर्फका उम्मेदवारहरुले सहजता महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु