Monday, 18 December 2017 02:53 am, Nepal

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा

मेचीकाली : 2017-11-23 09:34:07


काठमाडौं, ७ मंसिर :

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा परेका छन् ।विभिन्न नियम उल्लंघन गर्ने सवारी चालक कारवाहीमा परेका हुन् । कारवाहीमा परेकामध्ये लेन उल्लंघन गर्ने सवारी चालक पाँच सयभन्दा बढी रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले लेन अनुशासन पालनामा कडाइ गर्दै आएको छ ।महाशाखाका अनुसार मापसे गर्ने १ सय ४ सवारी चालक पनि कारवाहीमा परेका छन् । त्यस्तै जथाभावी हर्न बनाउने ७३ जनालाई पनि कारवाही गरिएको छ ।विगत २४ घण्टामा उपत्यकामा १९ सवारी दुर्घटना भएकोमा १५ जना सामान्य घाइते भएको पनि महाशाखाले जनाएको छ ।्

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु