dashain
Wednesday, 17 October 2018 04:03 pm, Nepal

दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकप्टर

मेचीकाली : 2017-11-21 13:20:41


सोलुखुम्बु, ५ कात्तिक :

सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।

भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्ह्मु गाउँपालिकामा रहेको मतदान केन्द्र अति दुर्गम मानिएको छ । महाकुलुङ र दूधकौशिका गाउँपालिकाको केही भागमा रहेको मतदान केन्द्र पनि अति दुर्गममा पर्दछन् ।यही मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यस जिल्लामा ११८ मतदानस्थल र १२५ मतदान केन्द्र छन् ।उक्त केन्द्र सदरमुकामदेखि ९६ किलोमिटर दुरीमा छ । जहाँ पुग्न सदरमुकामदेखि चार दिन पैदल हिँड्नुपर्छ । चिसो बढेसँगै भरिया पाउन पनि समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु