dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

स्याउको व्यापार घट्यो

मेचीकाली : 2017-11-18 18:58:19


गुल्मी, २ मंसिर :

गुल्मी र बागलङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ । गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो । मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो  १२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका– ५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर बुढाथोकीले बताए ।

“विकट गाउँमा उत्पादन गरेको स्याउको उचित बजारीकरण हुन सकेको छैन, स्याउखेतीबारे तालीम नहँुदा समस्या भइरहेको छ,” उनले भने । स्याउखेती गर्न प्राविधिक र अनुगमन निरीक्षण गरिदिने तथा स्याउका बारेमा बेला÷बेलामा तालीमको व्यवस्था गरी बिरुवा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराइदिए स्याउ उत्पादनमा वृद्धि हुनुका साथै स्याउखेतीतर्फ किसानको आर्कषण बढ्ने बुढाथोकीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु