Monday, 18 December 2017 03:02 am, Nepal

गाईघाट क्षेत्रको झण्डा पम्ल्पेट हटाइयो

मेचीकाली : 2017-11-07 16:36:17


उदयपुर, २१ कात्तिक :

उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट क्षेत्रमा स्थानीय तहको निर्वाचनको समयमा विभिन्न स्थानमा गाडिएका झण्डा टाँसिएका पम्प्लेटलगायतका प्रचारप्रसारका सामग्री हटाइएको छ । प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठसहितको नेतृत्वले गाईघाट बजार र सदरमुकाम बोक्से क्षेत्रमा सडक छेउमा गाडिएका ब्यानर, झण्डा, सडकका भित्तामा लेखिएका नारा र टाँसिएको पम्प्लेट हटाएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आइरहेकाले यस्ता ब्यानर पम्प्लेट चुनावी आचारसंहिताविरुद्ध हुने भएकाले हटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताउनुभयो ।सकेसम्म स्थानीय निर्वाचन सम्पन्न भएपछि नै सम्बन्धित राजनीतिक दलले यस्ता सामग्री हटाउनु पर्नेमा नहटाएकाले आफूहरूले हटाउन परेको पनि प्रमुख निर्वाचन अधिकृत शर्माले जोड दिनुभयो । अब निर्वाचन आचारसंहिताविरुद्धका कुनै पनि झण्डा ब्यानर तथा पम्प्लेट बजार तथा सदरमुकाम क्षेत्रमा टास्न नदिने उल्लेख गर्दै उहाँले भित्ते लेखनमा समेत प्रतिबन्ध लगाइएको र चुनावी आचारसंहिताविरुद्ध चल्ने जो कोही राजनीतिक दलका उम्मेदवार वा दललाई तत्कालै कारबाही गर्ने जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु