Monday, 18 December 2017 03:02 am, Nepal

तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री

मेचीकाली : 2017-10-26 14:54:08


उदयपुर, ९ कात्तिक :

देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र रु ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो ।

गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उहाँको भनाइ छ । अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८२९ रहेको छ । सो उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु