Friday, 24 November 2017 12:20 am, Nepal

उम्मेदवार छान्न दलहरु आज पनि छलफलमा व्यस्त

मेचीकाली : 2017-10-20 09:45:06


साँझसम्म उम्मेदवार टुंगो लगाउने तयारी
काठमाडौं, ३ कात्तिक :

नेकपा एमाले स्थायी समितिको बैठक बस्दैछ । प्रदेश सभा र प्रतिनीधिसभाका लागि उम्मेदवार छनौट गर्न, समानुपातिकको उम्मेदवारी सच्याउने विषयमा एमालेले छलफल गरिरहेको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुङ्गो लगाएको र आज साँझसम्म सबै क्षेत्रमा टुङ्गो लगाउनेगरि छलफल भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

केही क्षेत्रमा माओवादी र एमालेका नेताहरुको समान दावी भएपछि मिलाउन ढिलाई भएको उहाँले बताउनुभयो । बैठक दिउँसो बस्नेछ । यस्तै माओवादी केन्द्रको छुट्टै बैठक पनि बस्दैछ । उम्मेदवार टुङ्गो लगाउन माओवादी केन्द्रीय कार्यालयको बैठक बस्ने नेताहरुले बताएका छन् । नेपाली कांग्रेस पनि उम्मेदवार छान्न छलफलमा व्यस्त रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु