Friday, 24 November 2017 12:29 am, Nepal

नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुँदै

मेचीकाली : 2017-10-16 08:43:00


काठमाडौं, ३० असोज :

नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन ।

आज औपचारिकरूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ । एकतासँगै नेपाली कांग्रेसबाट बाहिरएको एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्किंदैछन् । हिजो हुने भनिएको पार्टी एकताआजलाई सरेको छ । अर्थमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दुई पार्टीबीचको एकता आजलाई सरेको हो । बिहान ११ बजे बालुवाटारमा पार्टी एकताको कार्यक्रम तय भएको कार्कीले जानकारी दिनुभयो । नेपाल लोकतान्त्रिक फोरममा पछिल्लो चरणमा एकीकृत भएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका नेता शिवलाल थापासहितका नेताहरु भने कांग्रेसमा नजाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु