Sunday, 17 December 2017 08:12 am, Nepal

दलहरुलाई उम्मेदवारको सुची टुङ्ग्याउन सकस

मेचीकाली : 2017-10-12 08:49:05


काठमाडौं, २६ असोज :

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ताको समय नजिकिंदै जाँदा दलहरुले  उम्मेदवारको सुची टुङ्ग्याउन सकेका छैनन् । कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादीसहितको बाम गठबन्धनले पनि आउदो निर्वाचनको लागि उम्मेदवार छान्न सकेका छैनन् ।

निर्वाचन आयोगले कात्तिक ५ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने असोज २९ गते भित्रै समानुपातिक उम्मेदवारको बन्द सुची बुझाईसक्नुपर्ने छ । आज वाम गठबन्धन र नेपाली कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धनले थप छलफल गर्दैछन् । तर दलहरु समानुपातिको सूचीमा केन्द्रित भएपनि चुनावी तालमेल अनुसारको भागबण्डा मिलाउन समस्या परेको छ । वाम गठबन्धनमा साना वामदललाई दिने सिट संख्याका विषयमा कुरा नमिल्दा सिट संख्या टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु