Monday, 18 December 2017 03:13 am, Nepal

व्यवस्थापिका संसद समय अगाडि नै विघटन गर्ने तयारी

मेचीकाली : 2017-10-12 08:48:31


आज पनि बैठक बस्दै
काठमाडौं, २६ असोज :

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । अब २ दिन संसदको बैठक बसेर संसद नै विघठन गर्ने तयारी भएको छ । सभामुख ओनसरी घर्तिमगरले आज र भोलि सदन चलाएर संसद विघटन गर्ने तयारी गर्नुभएको छ । सरकारले चाहेका र अत्यावश्यक विधेयकहरु यो दुई दिनको संसद बैठकमा छलफलसहित पारित गरिसक्ने र सदन अन्त्य गर्ने तयारीमा सभामुख रहनुभएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

सभामुख घर्तिले सदनको समय सकिन लागेकाले जतिसक्दो छिटो अत्यावश्यक कानुन तथा विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गर्नुभएको थियो । अब, राष्ट्रिय सभा गठन सम्बन्धी विधेययक संसदबाट पारित हुन बाँकी छ । सरकारकै कारण यो विधेयक पारित हुन ढिलाई भएको संसद सचिवालयको भनाइछ । संविधानसभाबाट संविधान निर्माण गर्ने अभिभारासहित २०७० साल मंसिर ४ गते भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले नेपालको संविधान २०७२ जारी गरेको थियो । संविधान जारी भएपछि रुपान्तरित संसदमा रुपान्तरण भएको संसदको समय कात्तिक ४ गते सकिदैछ । तर, समय अगाडी नै संसद विघटन गर्न लागिएको हो ।

विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संससमा नै रोकिएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो । आज त्यो विधेयक पनि संसदमा लैजाने तयारी छ । संसदको बैठक बिहान ११ बजे बस्दैछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु