Tuesday, 19 December 2017 02:16 am, Nepal

कोदोबालीमा फौजी कीरा

मेचीकाली : 2017-10-11 16:36:18


चौतारा, २५ असोज :

सिन्धुपाल्चोकमा कोदोबालीमा फौजी कीराको प्रकोप देखा परेको छ । फौजी कीराले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ढिला शुरु भएका कारण समयमै रोपाईं हुन नसकी धानबालीलाई असर पु¥याएकै अवस्थामा बाला लाग्ने समयमा कोदोबालीलाई फौजी कीराले क्षति पु¥याएको हो ।

जिल्लाको पश्चिम र मध्य क्षेत्रमा लगाइएको कोदोबालीलाई असर पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाला लागेको र बाला लाग्ने अवस्थामा पुगेको कोदोको पात तथा डाँठसमेत नष्ट गरी उत्पादन नहुने अवस्थामा पुगेको चौतारा साँगाचोकगढी नगरपालिकाका किसान सुदर्शन धिताल बताउनुहुन्छ ।

फौजी कीरा रोकथामका लागि किसानलाई इमिडाकोलोरोपिट, साइपरमेट्रिक र कोलोरोसाइरिफस नामक विषाधि सिफारिस गरेको वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताउनुभयो । यसप्रकारको रोग वातावरण, मौसम तथा जलवायु परिवर्तनले बेला–बेलामा अकस्मात देखिने गर्दछ । गत वर्ष गोलभेँंडामा पात खाने कीरा फैलेर नोक्सान पु¥याएको थियो । हरियो र कालो रंगको उक्त किराले पात र डाँठ खाने गर्छ ।

जिल्लामा गत वर्ष २४ हजार हेक्टरमा १८ हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो । यस वर्ष २२ हजार हेक्टरमा मात्र कोदोबाली लगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु