Friday, 24 November 2017 12:17 am, Nepal

पत्रकार बिष्णु चौलागाईं एमाले प्रवेश

मेचीकाली : 2017-10-11 10:34:08


काभ्रे, २५ असोज :

नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य एवं पुर्व प्रचार विभाग प्रमुख बिष्णुप्रसाद चौलागाईं नेकपा एमाले प्रवेश गरेका छन् । काभ्रेबाट प्रकाशित हुँदै आएको काभ्रेपोष्ट साप्ताहिकका प्रधानसम्पादकसमेत रहेका चौलागाईं आज एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । चौलागाईं कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन काभ्रेका संस्थापक अध्यक्ष समेत हुन् ।

लामो समयदेखि कांग्रेसमा क्रियाशिल रहेका चौलागाईं पछिल्लो समय कांग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत थिए । नेकपा एमालेको नीति सिद्धान्त र एजेण्डा मन परेको भन्दै उनीसहितको टोली एमाले प्रवेश गरेको हो ।

एमाले केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज इश्वरी रिजाल, एमाले केन्द्रीय स्कुल विभाग सदस्य गोकुल बास्कोटा, एमाले काभ्रेका अध्यक्ष टोकवहादुर वाइवा, सांसद रामहरि सुवेदी लगायतले चौलागाईंसहितलाई टिका र खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु