Sunday, 17 December 2017 08:00 am, Nepal

घुससहित पक्राउ परे जिल्ला अदालत काभ्रेका सुब्बा

मेचीकाली : 2017-10-09 14:47:35


काभ्रे, २३ असोज :

सवारी अंगभंग मुद्दा मिलाई दिन्छु भन्दै घुस खाने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सवारी अंगभंग मुद्दा मिलाई दिन्छु भन्दै एक लाख २५ हजार घुस खाने जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्रीलाई अख्तियारको टोलीले आज धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो ।

खत्रीले भदौ १९ गते काभ्रेको भुम्लु गाउँपालिका ८ अरनिको राजमार्ग अन्र्तगत बन्देउ नजिक भएको सवारी अंगभंगको मुद्दा मिलाउने भन्दै उक्त घुस लिएको अख्तियारले जनाएको छ । बा ३ ख ८६०४ नम्बरको मिनी टिपरले बा १५ च ३५६८ नम्बरको बोलेरोलाई ठक्कर दिँदा दोलखा जिल्ला विगु गाउँपालिका ४ का पूर्णबहादुर पाण्डे घाईते भका थिए । खत्रीले उक्त मु्द्दा मिलाई दिए वापत १ लाख २५ हजार रुपैँया लाग्ने र अन्यथा नदिएको खण्डमा तिम्रो छोरो ८ वर्ष जेल जाने भन्दै मिनी टिपर चालकका बुबा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ७ का डोलप्रसाद दुलालासँग १ लाख २५ हजार घुस मागेको अख्तियारले जनाएको छ ।

आफुसँग घुस मागेपछि दुलालले अख्तियारमा गई खत्री विरुद्ध निवेदन दिएपछि अख्तियारको टोलीले धुलिखेल बसपार्क नजिकै रहेको अस्थायी प्रहरी पोष्ट नजिकैबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु