Wednesday, 18 October 2017 11:26 am, Nepal

नेपाल–भारत प्रबुद्ध समूहको बैठक आज पनि

मेचीकाली : 2017-10-08 10:16:30


काठमाडौं, २२ असोज :

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठक आज पनि जारी रहनेछ । काठमाडौंमा हिजोदेखि सुरु भएको बैठकमा नेपालले बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० का विषयमा छलफल भइरहेको छ । आजको बैठकमा जलस्रोतका क्षेत्रमा भएका विभिन्न सन्धि सम्झौता, व्यापार तथा पारवहन क्षेत्रमा भएका सम्पूर्ण सन्धि सम्झौतामा पनि बुँदागत छलफल हुनेछ ।

 २०७२ सालमा गठन भएको इपिजीलाई नेपाल भारतबीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरि प्रतिवेदन बुझाउन दुई वर्षको समय दिइएको छ । नेपाल समुहका सदस्य निलाम्बर आचार्यले हिजो तय भएका एजेण्डामा आज छलफल हुने र अर्को बैठकको मिति भारतमा तय गरिने बताउनुभयो । उहाँका अनुसार बैठक बिहान १० बजे राजधानीको तारे होटेलमा बस्नेछ । साझा प्रतिवेदन नेपाल र भारत दुवै देशको सरकारलाई बुझाएपछि त्यसकै आधारमा सन्धि–सम्झौता संशोधन र पुनरावलोकनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु