Wednesday, 18 October 2017 11:29 am, Nepal

तराईका विभिन्न जिल्लामा डेंगु संक्रमित बढ्दै, सचेतना अपनाउन सरकारको आग्रह

मेचीकाली : 2017-10-07 08:41:18


काठमाडौं, २१ असोज :

भदौ महिना यता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ । डेंगुबाट धेरै प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका जिल्ला रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ यता अस्पतालबाट उपचार गराएर र्फकनेको संख्यामात्र ९० पुगेको छ ।

त्यस मध्य आजमात्र धादिङ, महोत्तरीको वर्दिवास तथा लालबन्दीबाट रिफर काठमाण्डौ आएका  नौ विरामी अस्पताल भर्ना भएका छन् । बाँकी १० जनाको डेंगुको आंशकामा रगत परीक्षण भइरहेको छ । यसको नियन्त्रणका लागी आफुहरुले पहल गरिरहेको महाशाखका निर्देशक डाक्टर भिम आचार्यले जानकारी दिनुभयो । निर्देशक आचार्यले डेंगुबाट बच्नको लागि अपाmैले पनि विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । घर वरपर सरसफाईमा ध्यान दिन, लामखुट्टेको टोकाईबाट बच्न तथा ज्वरो, रुखा खोकी लाग्ने वित्तिकै उपचारका लागि स्वास्थ्य चौकी वा अस्पताल गईहाल्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु