Happy tihar
Friday, 20 October 2017 12:58 pm, Nepal

यी हुन् एमाले काभ्रेबाट उम्मेदवारीका लागि सिफारिसमा परेकाहरु

मेचीकाली : 2017-10-06 18:12:05


प्रतिनिधिसभाका लागि २ नंवरमा बास्कोटा सर्वसम्मत
काभ्रे, २० असोज :

नेकपा एमाले काभ्रेका क्षेत्रीय तहबाट आगामी मसिंर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सबै क्षेत्रमा उम्मेदवारहरु सिफारिस भएको छ । आजसम्म भएका सिफारिसहरुलाई भोली बस्ने जिल्ला कमिटीले अन्तिम रुप दिएर प्रदेश कमिटीमा पठाउने छ । एमाले काभ्रेले प्रतिनिधि सभा क्षेत्र २ का लागि एमाले काभ्रेका पुर्व अध्यक्ष, केन्द्रिय स्कुल विभाग सदस्य, राजनीतिक विश्लेषक गोकुल बास्कोटाको नाम सर्वसम्वत सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र संयोजक एवं पार्टी उपाध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै एमालेले क्षेत्र नम्वर १ प्रतिनिधि सभाका लागि वर्तमान सांसद रामहरी सुवेदी, नारायण पाण्डे, संग्रामजित लामा, पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ । क्षेत्र नम्वर १ प्रदेश सभाका लागि इन्द्र तामाङ, राजन भुर्तेल, मुकुन्द गौतम, इश्वरी पौड्याल, दिलिप तामाङ, ठाकुर बास्कोटा जेनिश लामा, सम्झना गौतम, हरिकुमार मैनाली, दिपक गौतम, नविना लामा, घनश्याम लामाको नाम सिफारिस भएको छ ।  त्यस्तै क्षेत्र नम्वर २ प्रदेश सभाका लागि अमित लामा, कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, चन्द्र लामा, पुर्ण पाण्डे, विदुर हुमागाई, विष्णुृप्रसाद खनाल, रामकृष्ण हुमागाई, राजन थापा, शेखर लामाको नाम सिफारिस गरेको भएको छ ।

यस्तै क्षेत्र नम्वर ३ प्रदेश सभाका लागि टिका बल्धव सापकोटा, विदुर सापकोटा, कञ्चन अधिकारी, लक्ष्मण लम्साल, जनार्दन अधिकारी र मैया दनुवारको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्वर ४ प्रदेश सभाका लागि बसुन्धरा हुमागाई, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, राधाकृष्ण बस्ताकोटी, हरिशरण दाहाल, राममाया श्रेष्ठ र कमला अधिकारीको नाम सिफारिस गरेको एमाले काभ्रेका उपाध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । एमालेले देशभर १९ र २० गते निर्वाचन कमिटीको बैठक राखेर २१ गते जिल्ला कमिटी मार्फत नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु