Sunday, 17 December 2017 08:12 am, Nepal

काभ्रेमा दशैं दुर्घटना : पोहोरको भन्दा दुर्घटना कम, क्षति बढी

मेचीकाली : 2017-10-06 08:21:08


काभ्रे, २० असोज :

गत वर्षको तुलनामा यस वर्षको दशैँमा काभ्रेमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार गत वर्षको तुलनामा यस वर्षको दशैँको अवधिमा सवारी दुर्घटना कम भएपनि ज्यान गुमाउनेको संख्या भने बढेको हो । प्रहरीका अनुसार यस वर्षको असोज ५ गतेदेखि आजसम्म काभ्रेमा १२ वटा सवारी दुर्घटना भएको छ ।

 दुर्घटनामा ९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार दशैँ अवधिमा मोटरसाईकल दुर्घटना ४ वटा भएको थियो जसमा एक जनाको मृत्यु र एक जना घाईते भएका थिए । यस्तै बोलेरो, टाटा सुमो, कार, जिप ४ वटा दुर्घटनाहुँदा ७ जनाको मृत्यु र एक जना गम्भिर घाईते र ट्रक, बस दुर्घटना ४ वटा भएको छ भने त्यसमा परेर एक जनाको मृत्यु, २ जना गम्भिर घाईते र ३५ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार गत वर्षको दशैँ अवधिका काभ्रेका १३ वटा सवारी दुर्घटना भएको थियो भने त्यसमा परेर ज्यान गुमाउने संख्या एक जना रहेको थियो ।

गत वर्ष दशैँमा दुर्घटनाबाट १२ जना गम्भिर घाईते र १५ जना सामान्य घाईते भएको प्रहरीको तथ्याङक छ । गत वर्ष दशैँमा मोटरसाईकल ६, कार, जिप, टाटा सुमो, बोलेरो ७ वटा र बस, ट्रक, ट्रिपर ५ वटा दुर्घटना भएको थियो । प्रहरीले दशैँ अवधिभित्र ट्राफिक नियम उलंघन गर्ने ६ सय ४९ वटा सवारीलाई कारवाहि गरेको छ । नियम उलंघन गर्नेमा १ सय २३ ट्रक, बस, ट्रिपर, २ सय १५ कार, जिप, भ्यान र ३ सय ११ वटा मोटरसाईकल कारवाहिमा परेका छन् । ट्राफिक प्रहरीले सवारी नियम उलंघन गर्ने सवारीबाट ३ लाख ९१  हजार ५ सय रुपैँया जरिवाना संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु