Sunday, 17 December 2017 08:13 am, Nepal

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट दुई मारिए

मेचीकाली : 2017-10-04 14:01:35


मुजफ्फरबाद, पाकिस्तान, १८ असोज :

प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्काे झडप भएको समाचार छ ।उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।

सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ ।सो झडपमा परी अरु दुई जना घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए ।सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु