Happy tihar
Friday, 20 October 2017 12:57 pm, Nepal

अपडेट : काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु (मृतकको नामावलीसहित)

मेचीकाली : 2017-09-26 13:24:44


एक जना अझै वेपत्ता
काभ्रे, १० असोज :

काभ्रेको रोशी गाउँपालिका ३ शिखर आम्बोटेमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बनेपाबाट डाँडापारिको गोकुले जाँदै गरेको बा १४ च ९५५६ नंवरको जीप दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जीपमा अन्दाजी १६ जना सवार रहेका थिए ।

त्यसमध्ये जीप सडकबाट ५ सय फिट तल खसेको बताइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलटार, प्रहरीचौकी कटुञ्जे र खहरेपाँगुको टोली पुगेर उद्धार गरेको थियो । घाइतेमध्ये गम्भीर रहेका महाभारत गाउँपालिका २ बस्ने ८ बर्षका अभिशेक तामाङको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा माहाभारत गाउपालिका २ बस्ने बर्ष ३५ की खेलीमाया बल, २० बर्षकी पुतलीमाया बल, २२ बर्षकी मेहन्दीमाया जिम्बा, २७ बर्षकी मनिता मोक्तान र १९ बर्षकी कुमारी जिम्बा रहेका छन् । यस्तै एकजना मृतकको नाम ठेगाना खुलेको छैन ।

दुर्घटनामा परी महाभारत २ कै ८ बर्षकी क्रिष्टिना मोक्तान हराइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय काभ्रेको विकट डाँडापारि क्षेत्रमा जाने ग्रामीण सडकमा साना सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेर सञ्चालन हुने गरेका छन् । जसका कारण सडक दुर्घटनामा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु