Happy tihar
Friday, 20 October 2017 12:58 pm, Nepal

यो बर्ष पनि नबन्ने भयो काभ्रेमा कारागार भवन

मेचीकाली : 2017-09-23 11:06:12


काभ्रे ७ असोज :

काभ्रेको धुलिखेलमा जिल्ला कारागार कार्यालयको भवन निर्माण हुने चर्चा चलेपनि भवन निर्माणको काम यस वर्षपनि रोकिएको छ । कैदीबन्दीका लागि सुधार गृहको रुपमा निर्माण गर्न लागिएको कारागार भवन निर्माणको लागि धुलिखेल नगरपालिकाले जग्गा उपलब्ध नगराउने भएपछि धुलिखेलमा कारागारको भवन निर्माण नहुने पक्का भएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०७३ माघ १२ गते बसेको स्थानीय सिफारिस समितिको बैठकले धुलिखेल नगरपालिका– ११ को कित्ता नम्बर २७७ को १ सय ४० रोपनी ७ आना १ पैसा २ दाममध्ये पूर्वतर्फको १२ रोपनी जग्गा उपलब्ध गराउनको लागि गृह मन्त्रालयमा अनुरोध गरेको थियो । मन्त्रालयमार्फत बन बिभाग र विभागबाट जिल्ला बन कार्यालयसँग प्रतिवेदन मागेपनि नगरपालिकाले जग्गा उपलब्ध गरारउन नसक्ने बताएपछि कारागार निर्माण हुनेमा अन्यौलता आएको हो । नगरपालिका र सर्वसाधारणले कारागारले माग गरेको जग्गा पर्यटकिय क्षेत्र रहेकोले उक्त जग्गा दिन नसकिने बताउँदै आएका छन् । नगरपालिकाले उक्त स्थानमा नगरपालिकाले पार्क निर्माण गर्ने जनाएको छ । सरकारले जिल्ला कारागार भवनलाई सुधार गृहको रुपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष २०७०÷०७१ देखि करोडौँ रुपैँया वजेट विनियोजन गरेर जिल्लाको साँगा, बनेपा, धुलिखेल, काभ्रेभञ्ज्याङलगायतका स्थानमा वर्षेनी सार्वजनिक जग्गा खोज्दै आएको थियो ।

कारागार भवन निर्माणको लागि हेरिएको जग्गा बन समिति, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको वेवास्तालगायतका कारण जग्गा पाउन नसकिएको काभ्रेका जेलर महेशकुमार पोखरेलले बताए । सरकारको मापदण्ड अनुसार नयाँ निर्माण हुने कारागार कैदीबन्दीमैत्री हुनुपर्ने, कारागारभित्र खेलकुद मैदान हुनुपर्ने, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, शौचालय, कार्यालयको भवनलगायतका भवन निर्माण गर्नुपर्ने हुन्छ । धुलिखेलमा जग्गा उपलब्ध नहुने भएपछि बनेपा नगरपालिकाअन्र्तगत नासिकास्थान साँगामा रहेको सार्वजनिक जग्गामा कारागार निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी भएको छ । कारागारको भवन राम्रो नहुँदा राणाकालमा तबेलाको रुपमा बनाइएको भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु