Monday, 18 December 2017 03:14 am, Nepal

प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी

मेचीकाली : 2017-09-22 09:18:12


काठमाडौँ, ६ असोज :

प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी देखिएको छ । बिहानसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले १३ स्थानिय तहमा जित हाँसिल गरेको छ । काँग्रेसलाई पछ्याउँदै माओवादी केन्द्र ८ स्थानमा विजयी भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल ७ स्थानमा विजयी भएको छ भने नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालले पाँच–पाँच तहको अध्यक्ष वा प्रमुख पद जितेका छन् । लोकतान्त्रिक फोरमले दुई र नेपाली जनता दलका उम्मेदवार एउटा तहको अध्यक्ष तथा प्रमुख पदमा विजयी भएका छन् । बिहानसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसको अग्रता कायम नै रहेको छ । नेपाली कांग्रेसले २५ स्थानमा अग्रता लिएको छ भने नेकपा एमाले अग्रतामा दोस्रोमा रहेको छ ।
उसले १८ स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले १५, राजपाले १४ र संघिय समाजवादी फोरमले ११ स्थानमा अग्रता लिएको छ । बिहानसम्म १ सय १६ स्थानिय तह मध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । एकमात्र महानगर बिराटनगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको हो । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ । अहिलेसम्म २ हजार ६ सय ८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
कांग्रेसका अजयकुमार द्विवेदी ३ हजार ९सय ३९ मत छ भने राजपाका राजेशमान सिंह ३ हजार ८ सय ३२ मत रहेको छ ।  संघिय समाजवादी ३ हजार ५ सय २१ माओवादी केन्द्र २ हजार ४ सय २३ नेकपा एमाले १ हजार ९ सय ७३ फोरम लोकतान्त्रिक१ हजार ३ सय १३ मत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु