Sunday, 17 December 2017 08:09 am, Nepal

सरकारकोे निर्णयमा चिकित्सकहरुको आपत्ति

मेचीकाली : 2017-09-19 09:56:39


काठमाडौं, ३ असोज :

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन परिमाजर्न गर्ने सरकारको निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । उक्त विवादास्पद निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा बन्द गरी निर्णायक आन्दोलन गर्न बाध्य हुने संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले चेतावनी दिनुभयो ।

सरकारले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति चिकित्सकले नै तिर्नु पर्ने निर्णय गरेको छ । त्यस अनुसारको कानुन बन्दैछ । चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सक स्वास्थ्यकर्मीहरु, संघका शाखा कार्यालयहरुलाई तयारी अवस्थामा बस्न समेत विज्ञप्ती मार्फत आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु