Happy tihar
Friday, 20 October 2017 12:54 pm, Nepal

प्रदेश नम्बर २ मा मतगणना जारी, नतिजा आउन थाल्यो

मेचीकाली : 2017-09-19 09:55:19


काठमाडौं, ३ असोज :

प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा हिजो भएको चुनावको मतगणना जारी रहेको छ । रातीदेखि मतगणना भएका स्थानको मतपरिणाम पनि आउन थालेको छ । सिराहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका मोहन केसी प्यानलसहित विजयी हुनुभएको हो । सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर १८ को नतिजा आएको छ । वडा नम्बर १८ मा संघिय समाजवादी फोरमका उम्मेद्वार विजयी हुनुभएको छ ।केही स्थानीय तहमा रातिदेखि र केही ठाउँमा बिहानबाट मतगणना सुरु भएको छ । बाँकी रहेका ठाउँमा अहिले बिहान १० बजेसम्म मतगणना सुरु भइसक्ने बताइएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ । महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । पर्सामा ६ ठाउँमा मतगणना चलिरहेको छ । पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरमा भने मतगणनाको तयारी भइरहेको बताइएको छ । बाराका १६ वटामध्ये ७ वटा तहमा भर्खरै मतगणना सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु