dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

मेचीकाली : 2017-09-11 13:40:40


सोलुखुम्बु, २६ भदौ : सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिनुभयो ।

सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए । तर गैर थुलुङको विरोधका कारण त्यसबेला दूधकौसिका राखिएको थियो । नाम परिवर्तनलाई नै मुख्य नारा बनाएको माओवादी केन्द्रले अध्यक्ष पद जितेको थियो ।

गाउँसभाले नाम परिवर्तन गर्ने निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सो सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र नाम परिवर्तन हुने व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु