Wednesday, 15 August 2018 09:14 am, Nepal

हाइसको ठक्करबाट एकको मृत्यु, चार घाइते

मेचीकाली : 2017-08-28 16:39:12


वालिङ, १२ भदौ :

स्याङ्जाको वालिङ– ९ भूम्रेमा आज विहान हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।

बिहान ९.३० बजे ओरालोबाटोमा हाइसको ब्रेक फेल भएर भएको सो दुर्घटनामा परी वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन् ।घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु