Friday, 24 November 2017 12:26 am, Nepal

ज्यानको भिख माग्दै रामेछापका विनोद

मेचीकाली : 2017-08-18 10:55:17


रामेछाप, २ भदौ :

रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडाँमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आउनुभएकोमा जागिरबाट निकालिनुभयो ।आफूसँग भएजति पैसाले उपचार गर्दागर्दै पैसा सकिएपछि कति दिन उहाँले सडकमा भोकै र नांगै बास बस्नुपरेको पीडित बस्नेतले बताउनुभयो ।

टाउकोमा चोट, खुट्टामा चोट, र खुट्टा पूरै सुन्निएका कारण चल्न चट्पटाउनसमेत नसकेको अवस्थामा मानवअधिकारकर्मी तथा सामाजिक अभियानकर्ता दुर्गानाथ दाहाल उहाँका लागि उद्दारक बन्नुभयो । साउन २८ गते काठमाडाँैस्थित गौशालाको रातोपुलको छेउमा पूरै खुट्टा सुन्निएर र अन्य रोगले समेत ग्रसित भएर कसैको सहारा नपाई सडकको सहारा लिँदै ‘मलाई बचाइदिनुस्’ भन्दै बस्नुभएका बस्नेतको अवस्था देखेपछि परोपकारी समाजसेवी तथा मानव अधिकारकर्मी दुर्गानाथ दाहालको मन पग्लियो र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको लागि दाहालले पु¥याउनुभयो ।

तर शनिबार भएको र त्यहाँ कुरुवा र आफन्त नभएपछि अस्पतालले बिरामी भर्ना गर्न नमानेपछि दुर्गानाथलाई थप समस्या भयो । कतिको ज्यान बचाउँदै आउनुभएका दुर्गानाथलाई यो समस्याबाट आफू कतिपनि विचलित नभई यस्तो अवस्था देखेपछि उहाँले प्रहरी रिपोर्ट बनाई मानवसेवा आश्रम, ललितपुर पु¥याउनुभयो ।

त्यसपछि त्यही आश्रममा डाक्टर बोलाई उपचार गर्दा डाक्टरले कलेजोको खराबी देखाएपछि दाहाल र धर्मप्रसाद पौडेलले ललितपुरको सुमेरु अस्पतालमा लगेर उपचार गराउन लगेको र डा बाबुराम पोखरेलले रगतको कारणले कलेजोमा समस्या भएको भन्दै तीन दिनसम्म औषधि गरी उहाँलाई अहिले थप उपचार गर्नुपर्ने देखिएको र यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

रामेछापको कुभुकास्थली हालको उमाकुण्ड गाउँपालिका वडा नं ३ बाम्द्रे उहाँको स्थायी घर भएको बस्नेत बताउनुहुन्छ । तर लामो समयसम्म काठमाडौँमा बसेको र पारिवारिक सम्बन्ध त्यति राम्रो नभएको पनि पीडितबाट बुझिएको छ ।

अहिले पीडित विनोद भने आश्रम र परोपकारी सामाजिक अभियानकर्ता दुर्गानाथको शरणमा हुनुहुन्छ भने सबैको सहयोग मिले आफू कुनै बृद्वाश्रममा नबसी आफैँ कमाएर जीवन चलाउन सक्ने बताउनुहुन्छ ।

उता मानवअधिकारकर्मी दाहालले उहाँको शारीरिक अवस्थाको बारेमा विनोदकी बहिनी कमला बस्नेतलाई पनि जानकारी गराएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु