Friday, 24 November 2017 12:33 am, Nepal

बाढीपीडितका लागि काभ्रेबाटै लाखौं सहयोग

मेचीकाली : 2017-08-17 08:15:38


काभ्रे, १ भदौ :

देशका विभिन्न क्षेत्रमा गएको बाढी पहिरो पीडितका लागि काभ्रेमा सहयोग संकलन गर्ने र सहयोग दिने क्रम बढेको छ । सोही क्रममा जिल्लाको बनेपा नगरपालिका र नमोवुद्ध नगरपालिकाले सहयोगको निर्णय गरेका छन् । बनेपा नगरपालिकाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिमा जम्मा हुने गरी रकम हस्तान्तरण गर्ने नगर प्रमुख लक्ष्मीनरसिंह बादेले जानकारी दिए ।  यस्तै नमोवुद्ध नगरपालिकाले १ लाख ५१ हजार ५सय ५५ रुपैयाँ दिने निर्णय गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाका अनुसार नगरपालिकाका कर्मचारीहरुको एक दिनको तलव, कार्यपालिकाका सदस्यहरुको ब्यत्तिगत सहयोग समेत गरी नगरपालिकाले उक्त रकम हस्तान्तरण गर्न लागेको हो । यसअघि धुलिखेल नगरपालिकाले १ लाख ११ हजार १ सय र रोशी गाउँपालिकाले १ लाख रुपैयाँ सहयोगको निर्णय गरेका थिए । त्यस्तै जिल्लामा रहेका एक हजार भन्दा धेरै सहकारी संघ संस्थाहरु मध्ये बुडोल सामुदायिक साकोसले २ लाख ५१ हजार रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

अध्यक्ष रामहरी केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रवन्धक विवेक ठकुरीले जानकारी दिए । सहकारीमा रहेका ७ हजार २ सय ७० सदस्यबाट प्रति सदस्य ३२ रुपैयाका दरले जम्मा गर्ने, संचालक समितिको बैठक भत्ता, कर्मचारीको एक दिनको तलव समेत गरी हुन आउने रकम २ लाख ५१ हजार प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेफ्स्कुनलाई हस्तान्तरण गर्ने प्रवन्धक ठकुरीले बताए । पत्रकार महासंघ काभ्रेले पनि प्रति सदस्य एक सय रुपैयाँका दरले रकम संकलन गरेर सहयोग गर्ने निर्णय गरिसकेको छ । बाढी पीडितहरुको सहयोगार्थ काभ्रे उद्योग बाणिज्य संघ, लायन्स, अखिल, नेविसंघ लगायतका संघ संगठनहरुले राहत संकलन गरेका छन् । जसमध्ये अनेरास्ववियु धुलिखेलले २८ हजार रुपैयाँ संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु