Friday, 24 November 2017 06:51 pm, Nepal

काभ्रेमा ट्राफिक नियम उल्लंघन गर्ने बढ्दै

मेचीकाली : 2017-08-16 09:39:35


काभ्रे, ३२ साउन :

सडकमा दिन प्रतिदिन सवारी साधनको संख्या थपिएसँगै जिल्लामा ट्राफिक नियम उलंघन गर्ने सवारीको संख्या समेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्याङकलाई तुलना गर्ने हो भने हरेक वर्ष जिल्लामा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनको संख्या थपिँदै छ भने कारवाहिबाट हुने राजस्व संकलन समेत बढेको छ ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थिक वर्ष २०७३/०७४ मा ६ हजार ९ सय वटा सवारीलाई नियम उलंघन गरिएको भन्दै कारवाहि गरिएको छ । आर्थिक  वर्ष ७३/७४ मा ट्राफिक नियम उलंघन गर्ने ३० हजार ८ सय सवारी साधन कारवाहिमा परेका छन् । उक्त कारवाहिबाट १ करोड ९४ लाख ९७ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार सडकमा मोटरसाईकलको संख्या बढेसँगै ट्राफिक नियम उलंघन गर्नेमा मोटरसाईकल नै बढी छन् । २०७३/०७४ मा ११ हजार १ सय ९० मोटरसाईकलले ट्राफिक नियम उलंघन गरेका छन् । नियम उलंघन गर्ने मोटरसाईकलबाट एक वर्षको अवधिमा ८० लाख ६ हजार ५ सय रुपैँया जरिवना समेत असुल गरिएको छ । मोटरसाईकलपछि नियम उलंघटन गर्नेमा ट्रक तथा ट्रिपर रहेका छन् । एक वर्षमा नियम उलंघन गरेको भन्दै ९ हजार ५ सय २६ वटा ट्रक तथा ट्रिपर कारवाहिमा परेका छन् । उनीहरुबाट ६८ लाख ७१ हजार रुपैँया जरिवाना असुलिएको छ ।

ट्राफिक प्रहरीका अनुसार एक वर्षको अवधिमा ७ हजार ५ सय २१ वटा कार, जिप, २ हजार ५२ बस र अन्य ५ सय ११ सवारी कारवाहिमा परेका छन् । कार, जिपबाट ४१ लाख ५१ हजार ५ सय, बसबाट १२ लाख ५५ हजार, अन्यबाट ३ लाख ५ हजार ५ सय जरिवाना संकलन गरिएको छ । आर्थिक वर्ष २०७२/०७३ मा काभ्रेमा ट्राफिक नियम उलंघन गर्ने २३ हजार ९ सय सवारी कारवाहिमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु