Friday, 24 November 2017 06:48 pm, Nepal

काभ्रेमा पुजिए १५ हजार कन्या

मेचीकाली : 2017-08-14 17:39:53


काभ्रे, ३० साउन :

विगतका वर्षमा जस्तै यस वर्ष पनि श्री कृष्णजन्माष्टमीका दिन काभ्रेका विभिन्न स्थानहरुमा कन्या पुजा गरिएको छ । विगतका बनेपाबाट कन्या पुजाको सुरुवात भएपनि अहिले जिल्लाका धेरै स्थानमा कन्याहरु पुजिँदै आएका छन् । जिल्लाका सबै स्थानमा गरिएको कन्या पुजामा करिब १५ हजार कन्या पुजिएका छन् ।

बनेपामा मात्रै करिब आठ हजार कन्याहरु पुजिएकोे सनातन कन्या पुजा प्रबन्ध समितिले जनाएको छ । समितिका सचिव सुरकृष्ण बैद्यले कन्याहरुलाई पुजिएको खण्डमा कन्याहरु निरोगी हुनुको साथै पुज्ने मानिसलाई पनि आफुले चिताएको कुरा पुग्ने कंवदन्ती रहेको बताए । कन्याहरुलाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने र पुज्ने व्यक्ति समेतलाई राम्रो हुने किवंदन्ती अनुसार बनेपामा कन्या पुजिँदै आएको छ ।

सुरुमा नेपालमा अन्य स्थानमा नगरिने कन्या पुजा अहिले नेपालभरका विभिन्न स्थानमा रहेका नेवारहरुले बनेपालीहरुको सिको गर्दै कन्या पुजाको आयोजना गर्ने गरेको पाईन्छ । बनेपालीहरुले विक्रम संवत १९५९ देखि रजस्वला नभएका कन्याहरुको पुजा गर्दै आएको सचिव बैद्यले जानकारी दिए । आज भएको कन्या पुजामा सहभागि हुनका लागि काभ्रेको बनेपा, नाला, पाँचखाल, धुलिखेल तथा आसपासका गाउँका कन्याहरु पुजिएको समितिले जनाएको छ । रजस्वला नभएका कन्याहरुको पुजा गर्नाले उनीहरुमा सुःख, शान्ति, समृद्धि छाउने जन विश्वास रहेको छ । बनेपा नगरपालिका– ३ भोलाखाँ टोलमा गणेश र कुमारको पुजा भएपछि मात्र कन्या पुजा सुरु हुने गर्दछ ।
बनेपाको भित्रीबजारदेखि चारदोबाटोसम्मको दाँयाबायाँ सडकमा राखेर कन्याहरु पुजिने प्रचलन रहेको छ । भोलाखाँ टोलबाट सुरु भएको पुजा चारदोबाटो हुँदै लायकु दरबारसम्म पुग्ने गर्दछ । विगतमा कन्या पुजा गर्दा कन्याहरुको स्वास्थ्यको लागि गुदपाक लगायतका विभिन्न परिकारहरु खुवाउने गरिएपनि पछिल्लो समय भने कन्याहरुलाई विशेष गरि स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु दिनुको साथै उनीहरुको टाउकोमा तेल हालिदिने गरिन्छ । आज बनेपाका साथै पनौती, साँगा, बनेपाकै बुडोल तथा चौकोट, पलाञ्चोक, दाप्चामा कन्या पुजा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु