dashain
Wednesday, 17 October 2018 04:19 pm, Nepal

जिप दुर्घटनामा नौको मृत्यु

मेचीकाली : 2017-08-05 08:23:12


डोटी, २१ साउन :

अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको जिप्रका डोटीले जनाएको छ ।
 मृतकमध्ये सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । उनीहरुको सनाखत भने भइसकेको छैन । चालक विष्णु नेगी शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् । घाइते चारै जना पुरुष हुन् । उनीहरुको अवस्था नाजुक रहेको नायब प्रहरी उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि दिपायलस्थित सुजंग अस्पतालमा लैजाँदै गरिएको छ । दिपायल आइपुग्न पाँच घण्टाभन्दा बढी समय लाग्ने छ ।

जिप सडकबाट करिब ४०० मि तल खसेको छ । जिपमा कुल १६ जना सवार भएकामा तीन जनाको अवस्था सामान्य छ । उनीहरुले हामफालेर ज्यान जोगाएका छन् । बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु