Wednesday, 18 October 2017 11:30 am, Nepal

धरान उपमहानगरपालिकामा मतगणना सुरु

मेचीकाली : 2017-07-06 08:42:49


धरान, २२ असार :

सुनसरीको धरान उपमहानगरपालिकाको विवाद सामाम्य भएपछि  मतगणना सुरु भएको छ । गएराती अबेरसम्म बसेको सर्वपक्षीय बैठकले आज बिहानबाट मतगणना शुरु गर्ने सहमति गरेको हो । बिहन ८ बजेबाट गणना सुरु भएको छ । धरानको मतगणनाका क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो ।

संघीय समाजवादी फोरमले आफ्ना उम्मेदवारको मत नेकपा मालेका उम्मेदवारका नाममा गणना भएको भन्दै आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो । राति बसेको सर्वपक्षीय बैठकले निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर उपसचिव कमल थापालाई निर्वाचन अधिकृत राख्ने निर्णय गरेसँगै सोमबारदेखि अबरुद्ध मतगणना पुनः सुरु गर्ने सहमति भएको हो । धरानको मतगणनाका क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो । संघीय समाजवादी फोरमले आफ्ना उम्मेदवारको मत नेकपा मालेका उम्मेदवारका नाममा गणना भएको भन्दै आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो । एमाले अरु दलभन्दा एकहजार भन्दा बढी मतले अगाडी छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु