Friday, 24 November 2017 12:30 am, Nepal

किटानी जाहेरी दर्ता गर्न प्रहरी मानेन : पिडित परिवार

मेचीकाली : 2017-07-01 08:39:54


रामेछाप, १७ असार :

गत बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा मृत अवस्थामा फेला परेकी १७ वर्षिय इन्दिरा दमाईको, हत्या भएको भन्दै माइती पक्षले न्यायको लागि आग्रह गरेका छन् । माइती पक्षले इन्दिराको श्रीमान र उनको परिवारले योजनावद्ध तरिकाले हत्या गरेको दाबी गरेको छ ।

मृतक इन्दिराका सासु, ससुरा र श्रीमानले कुटपिट गरि हत्या गरेको भन्दै न्यायको लागि अपिल गरेका हुन् । एक वर्षअघि मन्थली नगरपालिका ३ कठजोरका २२ वर्षिया हरि नेपालीसंग भागी विवाह गरेकी ईन्दिरालाई श्रीमानले दाइजो ल्याउनु पर्ने, पैसा नकमाएको भन्दै कुटपिट गर्ने गरेको इन्दिराका बुबा ढालबहादुरले बताए । यस्तो घटनाको माईति पक्षले आत्महत्या नभइ कुटपिट गरि हत्या गरिएको दावि गर्दै किटानि जाहेर दिन खोज्दा जिल्ला प्रहरी कार्यालय रामेछापले किटानि जाहेर दर्ता गर्न अस्वीकार गरेको परिवारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु