Thursday, 17 August 2017 01:27 pm, Nepal

चुनाव प्रचार प्रचारमा संयमता अपनाउन दलहरुलाई आग्रह

मेचीकाली : 2017-06-19 18:00:48


काठमाडौं, ५ असार :

निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ । उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा हिजो बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

झडपबाट जहाँ हंसबहादुर राउतको मृत्यु भएको थियो । यस्तै कपिलवस्तुको बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए । निर्वाचन आयोगले आज विज्ञप्ति निकालेर दुबै घटनाप्रति दुःख व्यक्त गरेको छ ।  आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदातालाई अपील गरेको छ ।
साथै असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु