Thursday, 17 August 2017 01:27 pm, Nepal

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मेचीकाली : 2017-06-19 13:11:01


मोरङ, ५ असार :

मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय निलम विष्ट घाइते भएका छन् । उनको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु