Saturday, 24 June 2017 10:56 pm, Nepal

कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

मेचीकाली : 2017-06-19 13:04:35


इलाम, ५ असार :

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भन्नुभयो । “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उहाँले भन्नुभयो ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उहाँले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु