Thursday, 17 August 2017 05:33 am, Nepal

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सरे

मेचीकाली : 2017-06-19 08:43:40


काठमाडौं, ५ असार :

प्रधानमन्त्री शेरबहादुर देउवा  सरकारी निवास बालुबाटार सरेका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवा ज्योतिषको साइत अनुसार बिहान ५ बजे नै बालुवाटार सरेका हुन् । उनी जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ जुराएका थिए । त्यो साइत अनुसार बिहानै बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ ।
प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन । पुरानै सामानबाट काम चलाउने भनेपछि त्यसैअनुसार व्यवस्था गरिएको बताइएको छ ।  यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु