Saturday, 24 June 2017 11:06 pm, Nepal

आज उम्मेदवार विरुद्ध दाबी विरोध गर्ने समय

मेचीकाली : 2017-06-19 08:42:34


चुनावमय बन्दै तीनवटा प्रदेश
काठमाडौं, ५ असार :

निर्वाचन आयोगले असार १४ गते दोस्रो चरणमा हुने ३ वटा प्रदेशका ३३ जिल्लाको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता विरुद्ध आज दावी विरोध गर्ने समय दिएको छ ।   हिजो दर्ता भएका उम्मेदवार विरुद्ध आज दाबी विरोध गर्न सकिने भएको छ ।

सर्वधारणाले पनि उजुरी दर्ता गर्न पाउनेछन् । त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले सीआईएनलाई जानकारी दिनुभयो ।

मैनालीका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच पनि गर्नेछ । भोलि उम्मेदवारी फिर्ता र भोलि नै अन्तिम नामावली प्रकाशित हुनेछ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका आकांक्षीं उम्मेदवारहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । बिहान ८ देखि दिउँसो ४ बजेसम्म भएको मनोनयन दर्तामा करिब २६ हजारले उम्मेदवारी दिएका छन् ।

 ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्ने छन् । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् । ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको आयोगले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु