Happy tihar
Saturday, 21 October 2017 10:54 am, Nepal

सार्वजनिक यातायातको भाडा नघट्ने

मेचीकाली : 2017-06-18 18:45:32


काठमाडौं, ४ असार :

पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्य पाँच रुपैंया भन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धति अनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
बिभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार, सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन ।  नेपाल आयल निगमलले गत शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो । पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर एक दशमलव ५० घटाइएको थियो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय बनाइएको छ । यसअघि पेट्रोलको मूल्य  १०१ दशमलव ५० थियो ।  डिजेल र मट्टितेलको मूल्य पनि एक दशमलव ५० पैसाले घटेर ७६ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु