Happy tihar
Monday, 23 October 2017 08:28 am, Nepal

कपिलवस्तुमा बम विस्फोट

मेचीकाली : 2017-06-18 18:44:40


कपिलवस्तु, ४ असार :

कपिलवस्तुको  बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । विस्फोटबाट  ९ जना घाइते भएका छन् ।  नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ताको क्रम चलिरहेको समयमा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् ।

 घाइतेहरुलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिनुभएको छ ।  घाईतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ । विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु