Monday, 26 June 2017 02:33 am, Nepal

स्थानिय तह चुनाव : दोस्रो चरणको मनोनयन दर्ता सकियो

मेचीकाली : 2017-06-18 18:44:08


काठमाडौं, ४ असार :

स्थानिय तहको दोस्रो चरणको चुनावबाट प्रतिनिधि हुन चाहने उम्मेदवारले आज आफ्नो मनोनयन दर्ता गराएका छन् । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका आकाक्षीं उममेदवारहरुले आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।  निर्वाचन आयोगले  बिहान ८ देखि दिउँसो ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था मिलाएको थियो ।  

दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुनेछ । बिराटनगर महानगरका साथै ७ उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने छन् । १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षा कर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् । ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको आयोगले जानकारी दिएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आयोग बिहानदेखि नै सबै क्षेत्रको निगरानीमा लागेको  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु