Monday, 26 June 2017 02:35 am, Nepal

लन्डन आगलागीमा हराएका व्यक्तिहरु मारिएका आशङ्का

एजेन्सी : 2017-06-18 14:43:54


लन्डन, ४ असार :

बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा गत बुधबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ ।ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताउनु भएको छ ।

प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भईसकेका थियो ।मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी कमाण्डरले बताउनु भएको छ ।बिबिसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ ।

ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा घरहरु गाभिएका छन् ।बेलायती प्रधानमन्त्री थेरोसा मे घटनामा पिडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु