Thursday, 17 August 2017 05:34 am, Nepal

खडेरीग्रस्त क्षेत्रमा पनि खाद्य उत्पादनको सम्भाव्यता खोजी

मेचीकाली : 2017-06-18 08:45:55


काठमाडौं, ४ असार  :

सरकारले खडेरीग्रस्त क्षेत्रमा पनि खाद्य उत्पादनको सम्भाव्यता खोजी सुरु गरेको छ । नेपालका हुम्ला, जुम्ला, कालीकोट डोल्पा लगायतका कर्णालीका जिल्ला खडेरीग्रस्त क्षेत्र भित्र पर्छन् । यस्ता क्षेत्रमा नयाँ प्रविधिको प्रयोग र हावापानी अनुसारका खाद्य वस्तुहरु उत्पादन गर्न सकिने र सोही अनुसार योजना बनाईरहेको कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले जानकारी सीआइएनलाई दिनुभयो ।

खडेरी हुने क्षेत्रमा जैतुनको तेल, घैया, गहुँ, आलु तथा थोरै पानीमा पनि फल्ने तरकारी खेती गर्न किसानलाई कृषि विकास कार्यालयले पनि आग्रह गरेको छ ।  पछिल्लो दश वर्षमा खडेरीका कारण नेपालमा मात्रै पनि मकैमा घोघा नलाग्ने, धान नफल्ने लगाायतका समस्या देखा परेको विज्ञहरुको भनाई छ । बढ्दो शहरीकरण र औद्योगिकीकरणले पछिल्लो समय विश्व वातावरणीय सन्तुलन चुनौतिपूर्ण बनेको र त्यसले नेपालका कतिपय क्षेत्रमा खडेरीको समस्या उत्पन्न हुदै गएको विज्ञहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु