Tuesday, 19 December 2017 01:58 am, Nepal

स्थानिय तह दोस्रो चरणको मनोनयन आज

मेचीकाली : 2017-06-18 08:44:27


३५ जिल्ला चुनावमय बन्दै
काठमाडौं, ४ असार :

स्थानिय तहको दोस्रो चरणको चुनाव अन्र्तगत आज मनोनयन दर्ता हुने भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले अहिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ ।

मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ । उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग अपील गर्नुभएको छ । दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुनेछ । बिराटनगर महानगरका साथै ७ उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने छन् । १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षा कर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् । ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको आयोगले जानकारी दिएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आयोग बिहानदेखि नै सबै क्षेत्रको निगरानीमा लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु