Happy tihar
Monday, 23 October 2017 08:28 am, Nepal

यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी

मेचीकाली : 2017-06-18 07:54:56


भक्तपुर, ४ असार :

भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी रहेका छन् ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु