Thursday, 17 August 2017 01:23 pm, Nepal

युरोपेली युनियनले सुरक्षा बजेट बढाएकोमा राष्ट्रसंघको चिन्ता

मेचीकाली : 2017-06-17 12:36:03


संयुक्त राष्ट्रसंघ, ३ असार :

युरोपेली युनियनले सुरक्षा क्षेत्र अन्तर्गत सैनिक खर्च बढाएकोे समाचारप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।युरोपेली युनियनले उसको बजेटमा सुरक्षा खर्चको मात्रा बढाउन लागेको बताएको थियो । युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरले सो कुराको खुलासा गर्नुभएको हो ।

उहाँले युरोपेली यनियनले आफ्नो सैनिक बजेटमा बढोत्तरी गरी कम्तीमा पनि पूरै खर्चको १.३ प्रतिशत बनाएको हो । यसप्रति कतिपय अन्य पदाधिकारीले पनि विरोध जनाएका थिए ।तर संयुक्त राष्ट्रसंघले यसअघि पनि युनियनलाई सुरक्षाको सट्टामा मानवीयतासम्बन्धी खर्चमा बृद्धि गर्नुपर्ने भन्दै आग्रह गर्दै आएको थियो । यसको सट्टा युरोपेली युनियनले युनियनको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि १.३ प्रतिशत बजेट सैनिक खर्चका रुपमा छुट्टाइएको छ ।

पाराग्वेमा गत जुन ९ मा सम्पन्न राष्ट्रसंघीय एक सम्मेलनमा आयोग अध्यक्ष जंकरले युरोपेली युनियनले मानवीय सहायतासम्बन्धी कार्यक्रमहरुमा खर्च बढाउनुपर्नेमा सुरक्षा खर्च धेरै बनाइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।त्यसलगत्तै संयुक्त राष्ट्रसंघको मानवीय सहायता मामिला सम्बन्धी संस्थाका प्रमुख जोन गङ्गले सो बजेटका सम्बन्धमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले इयुलाई सुरक्षामा नभएर मानवीय सहायतासम्बन्धी आयोजनाहरुमा बजेट बढाउन आग्रह गर्नुभएको थियो ।

हाल युरोपेली युनियनको बजेटमा ०.७ प्रतिशत मात्र मानवीय सहायतासम्बन्धी शीर्षकमा छुट्टाइएको छ । यो बजेटको सिलिङ्ग बढाउन राष्ट्रसंघको आग्रह रहेको छ ।गतहप्ता राष्ट्रसंघीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले युरोपेली युनियनलाई मानवीय सहायता शीर्षकमा बजेट बढाउन र सो बजेटमध्येबाट कङ्गो र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा छुट्टाउन आग्रह गर्नुभएको थियो ।

ती देशमा अहिले पनि द्वन्द्वको निकै ठूलो असर रहेकोले यस प्रकारको बजेटमा बृद्धि गरी मानवीय सहायताका क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।ती द्वन्द्वग्रस्त देशका कम्तीमा पनि ७३ लाख नागरिकलाई तत्कालै मानवीय सहायता आवश्यकता परेको जानकारी पनि उहाँले दिनुभयो ।उहाँले भन्नुभयो– यो जनसंख्यालाई तत्कालै सहायता चाहिनु भनेको सानो कुरा होइन । र अझ अर्काे कुरा गर्दा त्यहाँका १९ लाख बालबालिका अहिले नै कुपोषणबाट पीडित रहेका छन् र उनीहरुलाई तत्कालै पोषणयुक्त खानेकुराको ठूलो खाँचो छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु