Saturday, 24 June 2017 11:01 pm, Nepal

भारत प्रशासित काश्मिरमा तनाव बढ्यो, शुक्रबार तीनको मृत्यु

एजेन्सी : 2017-06-17 12:35:17


श्रीनगर, ३ असार :

भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको समाचार छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् ।

मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डरको पनि ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।श्रीनगरबाट ४६ किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा प्रहरी गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन् । काश्मिरमा गत बुधबारमात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु