Thursday, 17 August 2017 01:25 pm, Nepal

एइसी कप क्रिकेट असार ६ देखि

मेचीकाली : 2017-06-15 15:34:57


आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक अर्जुन पाण्डेले जानकारी दिनुभयो ।

नकआउटका आधारमा खेलाइने उक्त इन्डोर क्रिकेट प्रतियोगितामा गोरखा नाइट्स, कस्तुरी एकेडेमी, अग्रवाल ब्रदर्स, पाण्डाजलगायत विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी मेडल तथा सर्टिफिकेट प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु