Happy tihar
Monday, 23 October 2017 08:26 am, Nepal

प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

मेचीकाली : 2017-06-15 14:00:53


काठमाडौँ, १ असार :

सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफलले अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको परामर्शमा तेस्रो चरणमा गर्ने समझदारी भएको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

उहाँले राजपालाई निर्वाचनमा सहभागी गराउन सबै प्रकारका प्रयास र गृहकार्य भइरहेको सन्दर्भमा आजको छलफल उपलब्धिमूलक रहेको बताउनुभयो ।यो समझदारी पछि असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय केहीदिन थप्न आयोगलाई आग्रह गरिने निधिले बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता पम्फा भुसालले यो सहमतिपछि राजपा निर्वाचनमा आउने आफूहरुले अपेक्षा गरेको बताउँदै आयोगको परामर्शमा सरकारले अन्य आवश्यक निर्णय लिने बताउनुभयो ।गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

यसअघि सत्तारुढ दल र निर्वाचन आयोगबीचको छलफलमा आयोगले सकेसम्म निर्वाचनको मिति तेस्रो चरणमा नपु¥याउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु